२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

विद्युत नहुँदा विहानै देखि वाणगंगा अन्धकार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा क्षेत्रमा विद्युत अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । शनिबार विहानै देखि वाणगंगा लगायतको क्षेत्रमा विद्युत छैन् । विद्युत के कति कारण नभएको हो विद्युत प्राधिकरण गजेहडा शाखाले यसको पुष्टाई दिन सकेको छैन् । कार्यालयमा सम्पर्क गरी बुज्न खोज्दा विद्युत तत्काल नआउने जानकारी हुन आएको छ ।
विद्युत नहुँदा विद्युतीय माध्यमबाट सञ्चालन हुने प्रविधिमा प्रत्यक्ष असर पुगेको छ । स्थानीय सञ्चार माध्यम पनि यसबाट प्रभावित भएका छन् । कुटानी, पिसानी, मोबाइल चार्ज लगायतका समस्यामा वाणगंगाबासी पिल्सिएका छन् । गर्मीमा लो भोल्टेजको समस्याले मर्कामा पर्दै आएका वाणगंगाबासी बर्षा हुँदा विद्युत अवरुद्धको मारमा परेका हुन् ।
विद्युत कहाँबाट अवरुद्ध भएको हो पत्ता नलागेको पनि कार्यालयले जनाएको छ । अवरुद्ध विद्युत पत्ता लगाउने काम भैरहेको गजेहडा वितरण शाखाले जनाएको छ ।
वाणगंगाको जीतपुर चानरम्बर, गजेहडा लगायतको स्थानमा विद्युत नभएको हो । यद्यपि नगरका कतिपय स्थानमा विद्युत भएपनि विहान ९ बजे देखि कटेको बताइएको छ । राती देखि सिमसिमे झरी परेको कारण विद्युत मर्मतको काम प्रभावित भएको छ । देशका विभिन्न स्थानमा भिषण बर्षा भएपनि कपिलवस्तुमा त्यति ठूलो पानी पर्न सकेको छैन् ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  ११ : १२ बजे