बिष्णु कुमार आले, अर्घाखाँची ।
आफुले उत्पादन गरेपनि उचित बजार मुल्य पाउन नसक्दा किसान माथि उठ्न नसकेको भन्दै नगरपालिकाकाले किसानले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण गरिदिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अर्घाखाँची शितगंगा नगरपालिका ४ नं. वडा कार्यालयद्धारा आयोजित वडा भित्रका ब्यावसायिक ५० जना सफल किसानलाई कृषि औजार बितरण तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले किसानले उत्पादन गरेको तरकारी, दुध, मासु बेच्न बजारको ब्यवस्था गरिदिन आग्रह गरेका हुन् ।
किसानको खेतबारीमा अहिले सम्म कृषि प्राबिधिक नपुगेको भन्दै उनीहरुले व्यवसायिक रुपमा कृषि गर्ने किसानलाई अनुदानको ब्यवस्था गर्नु पर्ने, वन्यजन्तु बादर, बँदेल नियन्त्रण गर्न वा धपाउने ब्यवस्था गर्नु पर्ने र कृषि प्राबिधिक खटाईदिन आग्रह समेत गरेका छन् । कार्यक्रममा प्रमुख आसनबाट संबोधन गर्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जनता धनि भएनन् भने नगर धनि हुन नसक्ने भन्दै किसानले उत्पादन गरेको कृषि सामग्री तथा तरकारी किसानले निर्धारण गरेको मुल्यमा बेचबिखन गर्न अमराई बजारमा कोसेली घर स्थापना गरिने बताउनु भयो ।
कोसेली घरमा बाहिरबाट आयात गरेर बिक्रि बितरण गर्न नपाईने, नगर भित्रका किसानले उत्पादन गरेको अर्घानिक वस्तु मात्र खरिद बिक्री गरिने ब्यवस्था मिलाईने अधिकारीको भनाई छ । नगर प्रमुख अधिकारीले नगर बिकास गुरुयोजना निर्माण भएको त्यसैमा टेकेर नगर बिकासका योजना अगाडी बढाईने बताउनुभयो ।
भुगोलले ठगेको नेपालकै ठुलो सितगंगा नगरपालिकामा अन्य साना नगर तथा गाँउपालिकाको तुलनामा कम बार्षिक बजेट आउने गरेकाले सोचे जस्तो बिकासको गति अगाडी बढ्न नसकेको उहाँले बताउनु भयो । त्यस्तै वडा अध्यक्ष दामोदर अधिकारीले किसानले ब्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्राबिधिक सहित पैसाको अभाव हुन नदिने बताउनुभयो । वडा अध्यक्ष अधिकारीले किसानको समुह निर्माण गरि ब्यावसायिक कृषि खेती गरेर राज्यले दिएको सेवा सुविधा लिन किसानलाई सुझाउनु भयो ।
कार्यक्रममा ज्योति भबिश्वर बहुमुखी क्याम्पस संचालन समितीका अध्यक्ष कुमार केशव सिहं बेल्बासे, नागरिक पत्र राष्ट्रिय साप्ताहिकका सम्पादक बिष्णु कुमार आलेले मन्तब्य दिदै नगर भित्र जथाभावी देखिएको बजार नियन्त्रण गर्न, किसानले उत्पादन गरेको वस्तुको उचित मुल्य निर्धारण गर्न र ब्यावसायिक कृषि गर्ने किसानलाई आवश्यक नगर तथा वडा कार्यालयले सेवा सुबिधा दिएर हौसला प्रदान गरि अर्घानिक खेती उत्पान गरेर आत्म निर्भर नगर बनाउन जोड दिनुभयो ।
बर्खा लाग्ने बित्तिकै गाउँगाउँमा खोलिएका कच्ची सडक बन्द भएपछि बजार गर्न तथा नागरिकलाई नगरपालिकाको कार्यालय सम्म आउन घण्टौ हिड्नु पर्ने बाध्यताको अन्त्य गर्न नगर भित्रका मुख्य ४ ओटा सितापुर –सुवर्णखाल, अमराई जुकेना जलुके, लामाताल – भेडामारे सिमलापानी र चक्ला सिद्धारा सडक निर्माणमा जोड दिनु पर्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा एकथान हाते ट्याक्टर, तीन थान कुटान पिसान मेसिन लगायत कृषि सामग्री बितरण गर्नुका साथै सफल ५० जना किसानलाई दोसल्ला ओढाई प्रोसाहित पत्रले सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव लक्ष्मी खत्रीेको संचालनमा सम्पन्न भएको थियो ।
२९ असार २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया