३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

उत्कृष्ट माविको देन जिल्लाबासीको होः प्राचार्य घिमिरे (अन्तर्वार्ता)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा चार सिद्धिपुरस्थित होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालयका प्राचार्य बासुदेव घिमिरेले आफूहरुले पाएको मुलुक कै उत्कृष्ट माविको देन समग्र कपिलवस्तुबासीको भएको बताउनु भएको छ ।
बुधबार विहान रेडियो मायादेवीको कार्यक्रम समय संवादसंग कुरा गर्दै प्राचार्य घिमिरेले जिल्लाका शिक्षा प्रेमी, सरोकारावाला निकाय, शिक्षक, विद्यार्थी र अभिभावकको माया र स्नेहले यो सफलता पाएको बताउँदै यसको श्रेय जिल्लाबासी भएको बताउनु भयो ।
यो सम्मानले कपिलवस्तुवासी र प्रदेश ५ कै गरिमा उचो भएको भन्दै उहाँले आगामी दिनमा मुलुककै १ नम्बर विद्यालयको रुपमा स्थापित गर्न आफू लाग्ने बताउनुभयो । कार्यक्रममा खुसी साट्दै घिमिरेले समयको माग अनुसार आफुहरु थप परिमार्जित हुँदै नयाँ नयाँ शैक्षिक कार्यक्रमहरु ल्याएर आउने प्रतिवद्धता समेत जनाउनुभयो ।
यस्तै उहाँले नीजि विद्यालयप्रति कहिलेकाँही राज्यले उपेक्षाको भाव राख्दा आफू दुखि भएको पनि उहाँले बताउनु भएको छ । कहिले घोकन्ते विद्या प्रदान गर्ने, कहिले महंगो, कहिले कमाउने भाँडाको रुपमा नीजि विकसित भएका छन् नि भन्ने प्रश्नमा घिमिरेले त्यसो नभएको बताउँदै शिक्षामा गुणस्तर कायम गर्न सकारात्मक घोकाई आवश्यक रहेको प्रष्ट्याउनु भयो । नीजि विद्यालय यस्तै महंगा छन् । अभिभावकको ढाड सेक्न उद्त छन्,कमाउन लागेका छन् भन्नु सरासर गलत भएको उहाको भनाई छ । विद्यालयले गत असार २८ गते मुलुकको ‘उत्कृष्ट मावि’को सम्मान हात पारेको थियो ।
बाँकी अन्तर्वार्ता हेर्नुहोस

https://www.facebook.com/Mayadevisancharclub/videos/697127137397631/?modal=admin_todo_tour

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  ९ : ४९ बजे