सर्लाही ।
सर्लाहीमा हरियो तरकारीको भाउ आकासिएको छ। केही दिनको अबिरल बर्षापछि जिल्लाको अधिकांश भूभाग डुवानमा पर्दा किसानले खेतमा लगाएको हरियो तरकारीको बिरुवा मर्न थालेपछि तरकारीको भाउ आकासिएको हो । जिल्लामा उत्पादन हुने हरियो तरकारी भाउ ह्वात्तै बढेको छ । बजारमा तरकारीको माग अनुसारको तरकारी नआउँदा मुल्य बढेको कृषि उपज बजार सञ्चालक समिति नवलपुरले जनाएको छ । अहिले बजारमा हरियो खुर्सानीको मुल्य ४०० सय रुपैयाँ प्रतिकिलो छ भने गोलभेडा २०० रुपियाँ प्रतिकिलो छ। त्यस्तै घिरौला, रामतोरिया, करेला,पर्वर,भान्टा लगायतका तरकारी ६० रुपियाँ भन्दा माथि रहेको बागमती–८ सोल्टीका कृष्णदेव महतोले बताए । डुवान हुनु भन्दा पहिलाको तरकारीको भाउको तुलनामा अहिले दोब्बर भएको छ ।तरकारी धेरै खरिद बिक्री हुने स्थानिय बजार लालबन्दि, हरिऔन, हरिपुर, बरहथवा, नवलपुर, गोडैता, मलंगवा लगायतका बजारहरु हरियो तरकारी डुवानपछि निकै कम आउने गरेको ब्यापारीहरु बताउँछन् । प्रदेश २ मा सबै भन्दा बढी तरकारी उत्पादन हुने सर्लाहीमा हरेक तरकारीको मूल्य महङ्गिएको छ । वर्षाले पर्याप्त मात्रामा नयाँ तरकारी उत्पादन हुन नसकेकाले मूल्य वृद्धि भएको एक ब्यापारीले बताए । डुवानका कारण तरकारी उत्पादन घटेकाले बजारमा एक हप्तादेखि निकै कम तरकारी आएको छ । वर्षाले बारीमा लगाएको सबै तरकारी डुबानमा परेकाले किसानले यो वर्ष ठूलो क्षति व्यहोर्नु परेको बरहथवा ५ का किसान बृजु महतोले बताउनुभयो । स्थानीय बजारमै तरकारी कम आएकाले सर्लाहीबाट देशको बिभिन्न ठाउँमा चाहेजति तरकारी निर्यात हुन सकेको छैन् ।
२ श्रावण २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया