४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

“आमावाबुको अन्तिम चाहना बृद्धाश्रम हुँदैन”



कमल पौड्याल ।
“कुपुत्रो जायेत क्वचिदपि कु माता नभवति” संसारमा छोरो क–ुपुत्र हुन सक्छ तर आमा कहिल्यै पनि कु–माता हुदिनन् । आदिगुरु शंकराचार्यका यी भनाइमा आमाको सम्पूर्ण सार लुकेको छ ।
प्रसिद्ध व्यक्ति किड रकले भनेका छन् “बुबा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारी बोध हुन्छ । तिमिले त्यो भन्दा अगाडी नदेखेका धेरै कुरा देख्न थाल्छौ ।”
‘आमा’ यो दुई अक्षरले बनेको शब्दमा कति माधुर्यता लुकेको छ स्नेहको सागर लुकेको छ । ममताको आँचल लुकेको छ । ‘बाबा’… यो शब्द भन्दा कतिपय मान्छेलाई फरक नपर्ला तर भोग्दा र महसुस गर्दा कर्तव्य परायणताको मीठो आभाष महसुस गर्न सकिन्छ । हामी यस धर्तिमा आयौं त्यसको मूल स्रोतमा यी दुई महान शक्तिहरु लुकेका छन् । आमा ब्रह्माण्ड धान्ने प्रकृति हुन र बुबा ब्रह्माण्डमा चेतना भर्ने सुन्दर शक्ति । जसको आशीर्वादले हामी विवेक, मन, बुद्धि र हृदयले अनुभव गर्छौ ज्ञान लिन्छौं । अन्तः करणले नियाल्दै गर्दा यो आमा र बाबा शब्दमा सबैखाले शक्ति विद्यमान छ, सबै ज्ञान छ र सबै प्रश्नका उत्तर पनि । पूवीर्य सभ्यताको आदिकाल देखि मान्छेले आमालाई जननी, माता, वात्सल्यकी खानी, ममताकाी प्रतिमूर्ति र बाबालाई मार्गदर्शक,कर्तव्यबोधको साक्षी आदि अदि नामले बिभूषित गर्दै आएको छ ।
संसारमा परिवर्तन हुन्छ , क्रान्ति हुन्छ , मान्छेले प्रगति दुर्गति सबै गर्छ, सानो बाट ठूलो हुन्छ , धनि बाट गरिब हुन्छ तर आमाबाबुकोे ममता,स्नेह नत घट्छ नत छुट्छ योत अनन्तकाल सम्म निरन्तर चलिरहन्छन् अकिन्चन ।
अनवरत रुपमा गंगा बगेझैं । आमा…भन्दा कति सरल लाग्छ तर आजभोली यो शब्द सुन्न निकै कठिन भइसकेको भान हुन्छ । संसार आधुनिक बन्दैछ । संसार संगसंगै मान्छे पनि अन्धाधुन्ध आधुनिकताको पछि दौडिरहेको छ । आफ्नो विवेकको ख्यालै नगरी । कुन कुरा सुही हो कुन कुरा गलत नबुझी आफ्नो संस्कार र संस्कृतिलाई पन्छाएर मान्छे विदेशीको संस्कार अवलम्बन गर्दै अथाह माया र स्नेह भरिएको नेपाली पन झल्कने आमा भन्न छोडेर मम्मी,मम,मामु , डेडी, ड्याड आदि इत्यादि भनेर आफुलाइ संसारकै उच्च संस्कारवान भएको ठान्दछ ।
हामी मान्छे हौं हाम्रो विवेक छ । विवेक हुनुको तात्पर्य हो सहि र गलत छुट्याउन सक्नु । हामीले आफ्ने विवेक प्रयोग गरेर हेरौं । हाम्रो नेपाली पन झल्कने आमा बुबा ठिक छ वा विदेशी गन्ध आउने मम्मी ड्याडी ? हाम्रो संस्कारले हामीलाई के सिकाउछ ? संस्कार के हो ? माता पिताको रहस्य के हो ? हाम्रा दर्शनले पहिलेनै भनिसकेका छन् “मातृदेवो भबः मातृदेवो भब”को अर्थ केहो ? आमा बाबालाई भगवान किन भनिएको हो ? आजको आवश्यकता यो हो तपाई आमा शब्दको रहस्य खोज्नुस । बुबा शब्दलाई महसुस गर्नुस् । तपाइको लागी नौ महिना पेटमा राखेर विभिन्न कष्ट सहने आमा हुन् । तपाइलाई कलम छोपेर लेख्न सिकाउने आमा, तपाइलाई बाबा भनेर बोल्न सिकाउने आमा , हिँड्न सिकाउने आमा आफ्नो पेट मारी तपाइको पेट भर्ने आमा । तपाइको मल मूत्र सबै सरसफाई गर्ने आमा । तपाइको आवश्यकताको लागि आफ्नो पसीना सहजै खर्च गर्ने बुबा । बाहिर कठोरता देखाएर सहि बाटो हिडाउने बुबा । बाबुआमाले गरेको सेवा अथाह छ । त्यसैले आमा जननी हो । बुबा आकाश हुन तपाइको कर्म नियाली रहन्छन् जीवनभर । आमा धर्ति हो । विना सर्त तपाइलाई फाइदा दिइराखेकी एक अबोध सेवीका हुनु जुन निरन्तर तपाइको सेवामा तल्लिन हुन्छिन् । वैज्ञानिक दृष्टिकोणले पनि , आधुनिक तौर तरिकाले पनि आमाको रहस्य खोज्दा कहीँ कतै गलत परिणाम आउदैन यो ध्रुव सत्य हो ।
तपाईको कपडा कसैले च्याति दियो कि ? तपाइलाई कसैले पिट्यो कि ? तपाईले भोकै हुनुन्छ कि ? तपाई सुत्नु भयो कि भएन ? इत्यादि सोच्ने को तपाइलाई भात खान कुरेर बस्ने को ? सतही रुपमा सोंच्दा तपाइलाई यो सब फिका लाग्न सक्छ तर एक जिम्मेवार र चेतनशील प्राणिको हैसियतले सोंच्दा तपाइको आँखामा आँशु आउन सक्छ किनकि यो प्रेमको स्नेहको ममताको वात्सल्यदायीनी आमाको सेवा हो । आजभोली मान्छेले ठोस परिणाम चाहन्छ पढेर ठूलो हुन्छ । जागिर पाउछ । शहरमा बस्न थाल्छ । विहे गर्छ । अनि शहरमै ठेरा गर्न थाल्छ । पैसामा दौडेको संसारमा उ पनि तछाड मछाड गर्दै दौडन्छ । कुनै दिन आमाले बाबु घर आइज न भनेर फोन गर्दा उ झर्कन्छ र भन्छ मलाई फुर्सद छैन् । तर पनि आमा सहेरै बस्छिन आफ्नो पिडा लुकाउछिन् किनकी उनी साक्षात देवी हुन् आफु नाश भएर पनि अरुलाइ माया दिने स्नेह दिने सुख दिने भगवान हुन् । यही रहस्य लुकेको छ आमामा त्यसैले भनिएको छ मातृदेवो भवः कुरा नबुझ्ने मान्छेले भनिदेला यो संस्कृतको पाण्डित्य झार्ने दुइ शब्द हो तर यसको अर्थ र महत्व अनन्त छ गंगाझैं निर्मल र निस्चल छ । त्यसैले आमा ममताकी प्रतिमूर्ति हुन् ।
हाम्रो परम्परा , हाम्रो संस्कृति पहिचानमा बुबाआमाको निकै महत्व रहेको छ । पाखा पखेरा कुना कन्धराले अनुभव गर्छ हाम्री आमालाई । हरेका व्यवहार र जिम्मेबारीले आलिङ्गन गर्छ बुबालाई । आमा संगको सम्बन्ध हृदय संग गाँसिएको हुन्छ नकि दिमागसंग । आमाको पिडा सन्तान प्रति सन्तानको पिडा आमा प्रति अनन्तसम्म गाँसिएको छ । यो संसार आमाबुबाकै देन हो उसकै कृपा हो उसकै कारण आज संसारले फड्को मार्दैछ । मान्छेले जति सुकै गफ दिएर सबै प्रगति र उन्नति म आफै गरें भन्छ । त्यसलाई पनि आमाले सहयोग गरिरहेकी हुन्छीन् । बुबाले शक्ति अदृश्य रुपमा दिइरहैकै हुन्छन् ।
सारहीन छ यो संसार तर बिभिन्न रुचि भएका मानबहरु आ आफ्नो बुद्धि र बिवेक अनुसार संसारलाई सार युक्त सम्झन्छन बास्तबमा यँहा के छर जमिन , रुपैया पुत्र स्त्री परिवार सबै नाशवान छन आज छ त मोली छैन यी सधै चुर्फुराउने मान्छेको जीबन पनित उस्तै क्षणिक छ फुलेको फूल जस्तै पानिको थोपा जस्तै चम्केको बिजुली जस्तै अझै सरल भाषामा तोरीको फूल जस्तै यस्तो जान्दा जान्दै पनि मान्छेले घमण्ड गर्न छाड्दैन किनकि यौवन अबस्थाको मादकपनाले गर्दा उ आफूलाइनै बिर्सन्छ मान मर्यादाको ख्यालै छैन धर्ममा बिश्वास छैन इज्जतको प्रबाह छैन उपकारको मतलब छैन मनमा शान्ती छैन क्षमा केहो थाहै छैन आफूमात्र अधि बढ्न चाहन्छ दुबलहरु मरेर जाउन मतलब छैन
किन नस्वरतालाइ नसम्झनाले बृद्धाबस्थाले जकटिएका लौरो माात्र सहारा भएका बाबु आमाको दुःख नदेख्ने ती मानबहरु के बुढा नहोओइनन त? भन्न सकिन्न भबिष्यले कता लैजान्छ? धर्ममा बिश्वास नगर्नेले आमा बुबाको ख्याल कसरी गर्ला आमा बाट के पायौ बुबाले के दिनुभो ? बिचार गरौ मनमा राखौं आफ्नो अमूल्य जिबनको अबर्णनीय सौन्दर्य असहनीय कण सहेर दश महिना पछि प्रसबबेदनालाइ औल्याउदै जन्माएको पुत्रले अद्र्धा्गिनीको बसमा परेपछि आमालाई बिर्सन्छ अनेकौ अड्चनहरु सहेर शैशब अबस्थाको शिशुको पालन पोषण गरी शिक्षित बनाएको सुपुत्रले आफू सक्ने भएपछि घर गाउ छाडेर शहर र सानो शहर छाडेर राजधानी मानिएको शहरतिर लम्कन्छ न घरको वास्ता न आफन्तको ।
आज मान्छे हाबामा दौडीरहेछ । बिदेशिको दाँजो लिन चाहन्छ तर आफ्नो स्थिती देख्दैन फेसनको लहरले घर रित्तिदैछ । घरमा आगो बलोस नबलोस सुट बुट नभै हुदैन । आवश्यकता होइन इच्छा पूर्ति गर्न चाहन्छ । तर कहिल्लै सन्तुष्ट हुदैन । सन्तोष नभएका पछि सुखि पनि बन्दैन सादा जीबन उच्च बिचार नभए यो संसारमा सुख छैन । इतिहास हेरौं श्रवण कुमारले आफ्ना अन्धा अन्धी आमा बुबालाइ जीबनको अन्तिम समय सम्म दुख नदिइ अन्तिमभर सारा तीर्थ आफ्नै काँदमा राखि तीर्थ समेत गराएका थिए बुबा आमालाइ मुक्तपारी आफ्नो जीबन सफल पार्न सफल सक्षम भएका थिए ।
लेखक पौड्याल संस्कृतमा आचार्य गरिसक्नु भएको छ भने योग विज्ञानमा विद्याबारिधि गर्दै हुनहुन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  ९ : ५६ बजे