५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रगतिशिल लेखक संघ कपिलवस्तुले सडक साहित्य अभियान चलाउँदै



मायादेवी अनलाइन, वाणगंगा ।
प्रगतिशिल लेखक संघ कपिलवस्तुले सडक साहित्य तथा रचना बाचन कार्यक्रम गर्ने भएको छ । समाजमा देखिएका विकृती, विसंगती विरुद्ध सडकबाट रचना बाचन अभियान चलाउने संघले जनाएको छ ।
वाणगंगाको जितपुरमा हालै सम्पन्न संघको बैठकले आगामी भदौ पहिलो हप्ताको शनिबार सडक साहित्य तथा रचना बाचन आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष अर्जुन शरले जानकारी दिनुभयो ।
यसैगरी बैठकले संघको सदस्यता विस्तारलाई तीव्र पार्ने निर्णय गरेको छ । प्रगतिशिल धारामा कलम चलाउने माक्र्सबादी विचार बोकेका स्रष्टालाई संघमा गोलबन्द गर्नका लागि सदस्यता विस्तार अभियान चलाउने निर्णय भएको अध्यक्ष अर्जुन शरले बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ७ : ५० बजे