४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेशमा ७४ प्रतिशत भन्दा बढी बजेट खर्च भएपछि मुख्यमन्त्री खुसी



मायादेवी अनलाइन, बुटवल ।

भर्खर सकिएको आर्थिक वर्षमा प्रदेश सरकार ७४ दशमलव ६१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । संगठन संरचना र कानून लगायत धेरै समस्या झेल्दै गत बर्ष काम गरेको प्रदेश सरकारले चालु आबमा बजेट खर्च नतिजा आउने गरी लक्ष्य अनुसार बजेट खर्च गर्ने कार्ययोजना बनाएर अघि बढेको छ ।

बजेट खर्चबाट प्राप्त नतिजाको फेहरिस्त मगंलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा आबको अन्त्यमा बजेट खर्च गर्ने प्रवृतिलाई रोक्ने कार्ययोजना बनाइएको र त्यही अनुसार अघि बढ्ने बताउनुभयो ।

सडक लगायत पूर्वाधार निर्माणलाई गुणस्तरयुक्त बनाउन जेठ मसान्तलाई ठेक्काको समयसीमा तोकिएको बताउँदै विकासका कामलाई दीगो र परिणामुखी बनाउन प्रदेश सरकार गंभीर रहेको बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : ०४ बजे