५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मायादेवी गाउँपालिका अध्यक्ष भन्छन्, ‘गाडीको आवाज ठूलै सुनियो, केटाकेटी डराए’



मायादेवी अनलाइन, वाणगंगा ।
मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले आफु चढ्ने गाडी अज्ञात समुहले जलाएको घटना प्रति दुख व्यक्त गर्नुभएको छ । गाउँपालिकाको कार्यालय भाडामा रहेको र पार्किङ गर्ने स्थानको अभावको कारण आफु बस्ने घरमा गाडी राख्दै आएको बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग कुराकानी गर्दै अध्यक्ष कुर्मीले गाडी किन जलाइयो आफु अचम्मित भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस

कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी

विप्लव समूहको त्रासमा प्रदेश ५ का जनप्रतिनिधि

राती पौने ११ बजेको समयमा कोठा अगाडि भयाङ्कर आवाज सुनिएको र किन यस्तो भयो भनेर बाहिर आएर हेर्दा गाडीमा आगो दन्किएको बताउनुभयो । तत्काल आफुले प्रहरी उपरिक्षकलाई सम्पर्क गरेर घटनाको बारेमा जानकारी दिएको र दमकल ल्याए पनि गाडीलाई जल्नबाट रोक्न नसकिएको उहाँले बताउनुभयो । घर अगाडी सुनिएको आवाज भयाङ्कर रहेको र केटाकेटी पनि निकै डराएको बताउनुभयो ।

आफु जनताको सेवामा खटिएकोले मोटरसाइकल चढेर भएपनि सेवामा खटिने बताउनुभयो । गाडी चढ्नु कुनै रहर नभएर बाध्यता भएको भन्दै काम गर्दा असुरक्षित महशुस भने भएको बताउनुभयो । यद्यपि यसमा सुरक्षा निकाय चनाखो हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले गाउँपालिकाको विकास तीव्र गतिमा अगाडी बढेको बताउनुभयो । जनताका बीचमा गरिएका बाचा सबै पूरा हुने भन्दै गाउँपालिकाबासीलाई ढुक्क रहन आग्रह गर्नुभयो ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ८ : २६ बजे