४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

जनताले प्रत्यक्ष देख्न सकिने विकास गरेका छौं : भिष्मराज भुसाल (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले जनताले प्रत्यक्ष देख्न सक्ने र अनूभुति गर्ने गरी विकास गरेको बताउनुभएको छ । आफ्नो दुई बर्षे कार्यकालमा गरेका प्रगतिहरुबारे जानकारी गराउँदै उहाँले वडामा कृषि, सिंचाई र पूर्वाधार निर्माणलाई जोड दिएर काम गरेको बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिमा बोल्दै वडाध्यक्ष भुसालले पक्की सडक निर्माण मात्र विकास नभएको बताउनुभयो । जबसम्म सामाजिक सशक्तिकरणमा विकास हुँदैन तबसम्म विकासको कुनै अर्थ नभएको उहाँले धारणा राख्नुभयो । जनताले देख्ने र अनूभुति गर्ने विकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।
वडा नं. ५ मा कृषिको प्रमुख सम्भावना रहेको भन्दै कोपवा साप्ताहिक बजारलाई कृषि उपज हाट बजारको रुपमा रुपान्तरण गर्ने योजना रहेको बताउनुभयो । साप्ताहिक रुपमा लाग्दै आएको यो बजारलाई यो बर्ष देखि कृषि उपज हाट बजार बनाइने बताउनुभयो । त्यसको लागि संघीय सरकारले बजेट छुट्याएको उहाँले जनाउनुभयो । कृषि उपज हाट बजारबाट स्थानीय किसानले उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
यस्तै सिंचाई सुविधाका लागि ५० लाख संघीय सरकारले बजेट दिएको उहाँले बताउनुभयो । वडास्तरबाट पनि सिंचाइका लागि विभिन्न बजेट छुट्याएको उहाँले बताउनुभयो । कोपवा बजार क्षेत्र भित्र रहेको पोखरीलाई यसै बर्ष व्यवस्थित बनाउने उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको लगानीमा पोखरी व्यवस्थित हुन लागेको हो ।
बाँकी भिडियो अन्तर्वार्ता सुन्नुहोस

प्रकाशित मिति : २८ श्रावण २०७६ मंगलबार ००:००  ८ : ५२ बजे