५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विकास यस्तो हुन्छ, चुनाव अघि ठाउँ छाडेका फर्केर आउदा दङ्ग पर्छन् : पन्थी (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु प्रतिनिधिसभा १ का प्रदेश सभा ‘१’ का प्रदेश सांसद विष्णु पन्थीले अब नागरिक धुलो र हिलो मुक्त हुने बताउनुभएको छ । चुनावताका आफुले नागरिकलाई धुलो र हिलो मुक्त बनाउने घोषणा गरेको स्मरण गर्दै प्रदेश सांसद पन्थीले त्यसै अनुसार काम भैरहेको बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको जनप्रतिनिधि कार्यक्रममा सोमबार बोल्दै उहाँले भन्नुभयो, “विकास यस्तो गछौं जो चुनाव अघि आफ्नो गाउँ छाडेर विदेश गएको थियो त्यो फर्केर आउँदा दङ्ग पर्छ यति मात्र होइन् विकास देख्दा आफ्नो घर नै भुल्छ ।”
नेपालमा हुने विकास दिगो नहुने आरोप लागिरहेको बेला उहाँले विकास दीर्घकालिन टिक्ने गरी गर्नुपर्नेमा जोड दिनुभयो । दीगो विकास नै समृद्धीको मूल आधार भएको भन्दै यता तर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । ‘विकास गर्ने मात्र होइन्, करिब १ सय ५० बर्ष टिक्ने गरी गरौं उहाँले भन्नुभयो, यसले मात्र हाम्रो समृद्धि आउँछ ।’ जिल्लाको वाणगंगा नगरपालिकामा प्रदेशमै दोस्रो ठूलो बजेट आएको बताउनुभयो ।
बाँकी रेडियो अन्तर्वार्ता सुन्नुहोस

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ७ : ४५ बजे