४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘सुझाव पेटिका’ राखे रित्ते भयो : वडाध्यक्ष अर्याल (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले अव्यवस्थित बसोबासका कारण सोचेजस्तो विकास हुन नसकेको बताउनुभयो । वडाको बजेट कम हुने र सबैलाई पक्की बाटो चाहिएको हुँदा विकास नदेखिएको तर्क गर्नुभयो । वडामा आएको बजेटले मात्र केही गर्न नसकिने भन्दै आफु निर्वाचित भएपछि केन्द्र र प्रदेश स्तरका ठूला आयोजना ल्याएर काम अगाडी बढाएको बताउनुभयो । वडामा खानेपानीको चरम अभाव भएको र त्यसलाई अन्त्य गर्नका लागि ओदारी र बरवामा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण भैरहेको बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको जनप्रतिनिधि कार्यक्रममा बोल्दै वडाध्यक्ष अर्यालले छरिएर रहेका बस्तीलाई व्यवस्थित पार्न जरुरी रहेको बताउनुभयो । सरकारले यस विषयलाई चाडै नसोच्ने हो भने विकास अस्तव्यस्त हुन्छ, गरेको पनि देखिदैन उहाँले भन्नुभयो ।
वडाबासीको सुझाव अनुसारनै अगाडी बढेको बताउनुभयो । वडाबासीको सुझाव अनुसार अगाडी बढेको भन्दै वडाले दिने सेवा प्रवाहमा कुनै गुनासा भए आफुलाई भन्न आग्रह गर्नुभयो । ‘मानिसबाट कुनै गल्ती हुँदैन भन्ने होइन्, म बाट पनि काम गर्ने दौरानमा कमी कमजोरी हुन सक्छ, उहाँले भन्नुभयो’, “कुनै गल्ती भेट्नुभयो भने मलाई प्रत्यक्ष भन्नुस ।”
वडाध्यक्ष अर्यालले वडामा गुनासा सुन्नका लागि गुनासो पेटिका राखेको बताउनुभयो । जनताले त्यसै गुनासो पेटिकामा आफ्ना जुनसुकै सुझाव दिन सक्ने बताउनुभयो । यद्यपि गुनासो पेटिका राखेको बर्ष वितेपनि कुनै गुनासा नपरेको उहाँले बताउनुभयो ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ९ : ४६ बजे