२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

रवि लामिछानेको राजनीतिमा आउने संकेत



चितवन ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन । आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएपछि मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले पत्रकारितासँगै राजनीति पनि विकल्प हुन सक्ने बताए ।तर अहिले आफूले पत्रकारिताबाटै देश र जनताका लागि खरो रुपमा काम गर्ने उनको भनाई थियो ।‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन’, लामिछानेले भने ‘केही लागेन भने राजनीति विकल्प बन्न सक्छ, तर मैले आज जानेको चिज राजनीति होइन, सञ्चारकर्मबाटै खबरदारी गर्न चाहन्छु ।’

प्रकाशित मिति : १० भदौ २०७६ मंगलबार ००:००  ११ : ३२ बजे