५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काजु खानाले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा



काठमाण्डौ ।

काजु प्रायः सवैले खाएकै हुनुपर्छ । शरीरलाई शक्ति प्रदान गर्ने काजु खानुका धेरै पाइदा छन् । यसले शरीरलाई उर्जा दिन्छ ।

थकान महसुस हुन्छ अथवा काम गर्ने मुड चलेन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ति आउँछ । काजु खानुका केही फाइदा यस्ता छन्–

-काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । नियमित काजु खाँदा अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

-काजुमा एक प्रकारको तेल पाइन्छ , जसमा भिटामिन बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

-काजु खानाले शरीरमा युरीक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

-काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रण अवस्थामा रहन्छ ।

-हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रण रहन्छ ।

-काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तवरले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

-काजुमा कार्बोहाइडेट , प्रोटिन , आइरन , जिंक , म्यागनेसियम , कपर , आदि पाइन्छन् । यिनले हड्डी , दाँत आदिलाई बलियो बनाउनका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६ मंगलबार ००:००  ११ : ४० बजे