१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

व्यस्त सडकमा गुञ्जिए दुई दर्जन स्रष्टा



मध्यान्हको ठिक १२ बजे । प्रचण्ड गर्मी । सडक तातेर आईरहेको तातो राप । पूर्व पश्चिम राजमार्गमा सवारी साधन र मानिसहरुको आवातजावत । छेउछाउ वरपर रहेका पसलहरुमा व्यापारीहरु व्यापारमा मस्त । यिनै परिदृश्यमा त्यो चर्को घाममा केही व्यक्तिहरु बुद्धमूर्ती अगाडी चहलपहल बढाउँदै थिए । कोही माइक लिन दौडदै थिए । कोही छाता ओढेर उभिरहेका थिए । कोही व्यानर टाँस्न व्यस्त देखिन्थे । अन्य समयमा भन्दा नितान्त फरक देखिएको यो दृश्य पछि केही व्यक्तिहरु टक्क सडकमा रोकिएर नजर लगाउँदै थिए । नभन्दै केही समयमा मानिसहरुको चहलपहल ह्वात्तै बढ्यो । साहित्य सिर्जनाहरु गुञ्जन थाले ।
प्रगतिशील लेखक सङ्घ कपिलवस्तुले जिल्लामा पहिलो पटक आयोजना गरेको सडक साहित्य बाचन कार्यक्रममा यस्तै यस्तै नयाँपनको आभास दिइरहेको थियो । कार्यक्रममा जिल्लाका करिब दुई दर्जन बढी क्रियाशिल साहित्यकारहरुको जमघट देखिन्थ्यो । तिनै साहित्यकारहरुले चारनम्बरमा गुञ्जाएका सिर्जनाहरुले एका तर्फ देशप्रेम, समाज सुधारको सन्देश दिइरहेका थिए भने अर्कातर्फ भष्ट्राचार, अनियमितता, विसङ्गती आदि माथि चोटिलो प्रहार गरिरहेका थिए ।
थप भिडियो हेर्नुहोस

प्रकाशित मिति : ११ भाद्र २०७६ बुधबार ००:००  ९ : ३१ बजे