३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

रोल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु



रोल्पा ।
तिज मनाउन श्रीमतीलाई माइत र्पुयाएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ ।
श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री र्पुयाएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो ।
हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।
वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  ४ : १७ बजे