५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चीन हावी हुँदाको दिन ‘पेट्रोलियम पाइपलाइन’ बन्द हुन्छः वामपन्थी विचारक वाग्ले (भिडियो)



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल भारत सम्बन्धका जानकार हिमलाल वाग्लेले मोतीहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइनमा भारतको ठुलो स्वार्थ लुकेको बताउनु भएको छ । विगतमा पनि भारतले नेपालको हितमा भन्दै बिभिन्न सन्धी सम्झौता गरे पनि अहिले आएर त्यसले नेपाललाई संकट परेको भन्दै यो पाइपलाइन बनाउनुमा भारतको ठुलो स्वार्थ लुकेको वाग्लेले प्रष्ट्याउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको बुधबार विहानको कार्यक्रम समय संवादसंग कुरा गर्दै वामपन्थी विचारक समेत रहनुभएका वाग्लेले पेट्रोलियम पदार्थमा हुने चुहावट र भ्रष्टाचार नियन्त्रणमा यो प्रंससायोग्य काम भए पनि दीर्घकालिन रुपमा यसले नेपाललाई हित नगर्ने उहाँको भनाई छ । बर्षौँ ढुवानीमा हुने अर्बौको अर्थतन्त्र संरक्षणमा पनि यो पाइपलाईन तत्कालको लागि फाइदाजनक जस्तो देखिए पनि भारतको हित विपरित काम गर्ने वित्तिकै मोदीले यसलाई बन्द गर्ने उहाँको विश्लेषण छ ।

उहाँले भन्नु भयो– ‘सरकारले चीनसंग पनि रेल लगायतमा सम्झ्यौत गर्दै छ । भोली रेल र पाइपलाइबाट तेल आउने कुरो छ । त्यो हुँदाको दिन भारतले अहिले गरेको पेट्रोलियम पाइपलाइन पनि बन्द हुन्छ । भोली नै पाइपलाइन बन्द हुन्छ । रेल पनि बन्द हुन्छ ।’ नेपालको हितमा साँच्चै भारत रहेको छ भने मिचिएका सिमा विवाद समाधान गर्नु पर्ने, नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा चल्न दिनुपर्ने उहाँको भनाइ छ ।

फरक प्रसंगमा नेपालको राष्ट्रियता गुम्नुमा अहिलेका प्रधानमन्त्री केपी, पूर्व प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई, अहिलेका गृहमन्त्री राम बहादुर थापा बादलको महत्वपूर्ण भूमिका भएको भन्दै यो नेतृत्वले देशको कहिल्यै हित नहुने बताउनु भयो ।

बाँकी कुरा सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २५ भाद्र २०७६ बुधबार ००:००  ८ : ५१ बजे