७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साँसद विष्णु पन्थी मनिलामा, ३ दिने अन्तराष्ट्रिय सम्मेलन शुरु


२५ भाद्र २०७६ बुधबार ००:००  

0
Shares

मायादेवी अनलाइन ।
फिलिपिन्सको मनिलामा २० औं अन्तराष्ट्रिय लेप्रोसी सम्मेलन आज (बुधबार) देखि  शुरु भएको छ । सेप्टेबर ११ देखि १३ सम्म मनिलामा हुने उक्त सम्मेलनमा दक्षिण एसिया लगाएत विभिन्न मुलुकका प्रतिनिधीहरु सहभागी भएका छन् । नेपालको तर्फबाट प्रदेश साँसद विष्णु पन्थी लगाएतका प्रतिनिधीहरुले सहभागीता जनाउनु भएको छ । लेप्रोसी (कुष्ठरोग) नेपाल लगाएत दक्षिण एसियाका अन्य मुलुकमा चुनौतीको रुपमा रहेकोले विश्वव्यापी रुपमा यसको निवारणमा सम्मेलन केन्द्रित हुने बताइएको छ ।
लेप्रोसी रोगबाट प्रभावित समुदायको पक्षमा वकालत गर्दै उनीहरुको अधिकार सुनिश्चितको लागि विश्वव्यापी रुपमा सहकार्य गर्दै नेपाल अगाडी बढ्न सम्मेलन उपलब्धीमुलक हुने साँसद विष्णु पन्थीले बताउनुभयो । विश्वमा लेप्रोसी निवारणमा भएका राम्रा अभ्यास, कानुन र उदाहरणलाई सिकाईको रुपमा अवसर प्राप्त गरेर नेपालमा उपयोग गर्न सकिने पन्थीले बताउनुभयो । विश्वव्यापी रुपमा लेप्रोसीको बुझाई, समस्या र चुनौतीका विषयमा आ–आफनो देशका कानुन, अनुभव र अवस्थाबारे जानकारी हुने बताइएको छ । कार्यक्रममा द लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक लगाएतका प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनको थिम ग्लोबल पार्टनरसीप इन एडरेसिङ्ग करेन्ट च्यालेन्जेज (जिरो ट्रान्समिसन, जिरो डिजाविलिटी, जिरो डिसक्रिमिनेशन) रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६ बुधबार ००:००  १० : ३५ बजे