१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन तत्काल नहुने 



काठमाडौं ।

डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि  समायोजनको पत्र पाइसकेका स्वास्थ्यकर्मीहरुलाई समेत यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति बिदा, अध्ययन बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ।  हालसम्म काठमाडौं लगायतका ४८ जिल्लामा डेंगुले माहामारीकै रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार  स्वास्थ्य संस्थामा  डेङ्गु रोग  परीक्षण गराउन आउने बिरामीको सङ्ख्या अत्यधिक मात्रामा वृद्धि भइरहेको छ। वैशाख महिनायता करिब ७० हजारले सो रोगका बारेमा स्वास्थ्य परीक्षण गराएका  थिए। तीमध्ये करीब पाँच हजार १०० मा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका र छ जनाको मृत्यु समेत भइसकेको छ।

प्रकाशित मिति : २६ भदौ २०७६ बिहिबार ००:००  १२ : ५९ बजे