७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सुनको मूल्य घट्यो



काठमाडौँ ।
सुनको मूल्य तोलामा बिहीबार दुई सय रुपैयाँले घटेको छ। बुधबार ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा बिहीबार ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०७६ बिहिबार ००:००  १ : ०८ बजे