५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

तरुण दलका अध्यक्षले गरे महासचिव शाहीलाई सदस्य पनि नरहने गरी कारबाही



काठमाडौं ।
नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव भुपेन्द्र जङ्ग शाहीलाई कारबाही गरेका छन् ।
पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद हुँदै आएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७६ शनिबार ००:००  ६ : ०० बजे