५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राजापानीमा मुहान कप फुटवल, खेल मैदानमा धुम्रपान र मद्यपानमा कडाई (अन्तर्वार्ता)



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुधबार (आज) बाट बाणगंगा-३ राजापानीमा सुरु हुने मुहान कप जिल्लास्तरीय नकआउट पुरुष फुटवलमा ११ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । मुहान युवा क्लव बाणगंगा-४ झुँगाको आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका उत्कृष्ट १४ टिमले भाग लिएका क्लवका सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । नेपालीहरुको महान पर्व बडा दशैँ, दिवाली र छठ पर्वको अवसरमा “सुन्दर हरियाली नगर निर्माणमा युवाको अभियान, स्वस्थ सबल र दुव्र्यसनीरहित समाज निर्माणमा युवाको अभियान” नाराका साथ हुन लागेको हुँदा खेल अवधिभर दुव्र्यसनीकर्तामाथि क्लव कडा हुने उहाँले घोषणा गर्नुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग बुधबार विहान कुरा गर्दै उहाँले भन्नुभयो– “खेल अनुशासनमा क्लव कडा बन्ने छ । मैदान भित्र कुनै पनि लागु पदार्थ दुव्र्यसनी गरेको पाइए क्लव त्यसमा कडाइका साथ लाग्दछ ।” क्लवका स्वयमसेवकले त्यसलाई नियन्त्रण गर्दछन् । मैदान वरपर पनि सुर्तीजन्य पदार्थ तथा मद्यपान बेचविखन तथा सेवनमा सचेत गराइएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताकोे दिउसो १ बजे प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नु गर्ने पनि उहाँले जानकारी दिनुभयो । यस प्रतियोगिताले कपिलवस्तु ११ पनि छनौट गर्ने उहाँले बताउनुभयो । गत बर्षजस्तै यस खेलबाट कपिलवस्तु ११ छनौट र छनौट भएको टिमले जिल्लाको प्रतिनिधित्व गर्दै जिल्ला बाहिर प्रतिनिधित्व गर्न पाउने छन् ।

यसपटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । विजेताले नगद ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टोलीले ३० हजार शिल्ड र प्रमाण पत्र पाउने छ । यस्तै अन्य २ सेमिफाइनलिस्ट टोलीलाई नगद पुरस्कारको ब्यवस्था गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले प्रतियोगिताभरका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई ट्रफी र मेडलले सम्मान गरिने छ भने हरेक खेलमा उत्कृष्ट खेल पस्कनेलाई पनि म्यान अफ दि म्याचको पुरस्कार राखिएको छ । खेल राष्ट्रिय स्तरका रेफ्रिहरुले खेलाउने छन् ।

अन्तर्वार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस्

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ८ : २८ बजे