११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

दशैँ तिहारपछि सरकारविरुद्ध नागरिकलाई सडकमा उतार्छौः गगन थापा



रुपन्देही ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताउनु भएको छ । गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चेतावनी दिनुभयो ।
संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गर्नुभयो । सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै उहाँले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताउनुभयो । ‘संविधान निर्माणको अगुवाई गरेको कांग्रेसको दायित्व संविधानको संरक्षण पनि हो ’ थापाले भन्नुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  १ : ३३ बजे