२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

घुससहित समातिय प्रहरी नायव निरीक्षक



रुपन्देही ।

रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ७ : २६ बजे