२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

चार दिनदेखि बेपत्ता युवकको शव फेला



पाल्पा ।

चार दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–३ चकल्दीका ३५ वर्षीय विष्णु थापाको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सोही गाउँपालिकाको वडा नम्बर ७ पालुङमैनादीको जलुकेस्थित कच्ची सडकभन्दा करिब २५० मिटर तल जंगलमा शव फेला परेको हो । यही असोज १० देखि उनी बेपत्ता थिए । आफन्तले खोजी गर्ने क्रममा शव फेला परेका हुन् ।

शव पोष्टमार्टमको लागि तानसेनस्थित जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ । थापा सोही बाटो हुँदै गहतेरमा बस्ने आफन्तको घरमा गएको बुझिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ७ : २९ बजे