८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मकैबालीमा भालु र बाँदरको आतंक



रुकुम
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनाका किसानले लगाएको मकैबालीमा भालुको आतंक बढेको छ । भालुले स्थानीय १६ घरपरिवारको ठूलो मात्रामा पाक्न थालेको मकैबालीमा क्षति र्पुयाएको हो । भालुले स्थानीयको मकैबालीका साथै गाईगोरु समेत मार्ने गरेको वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए ।
मकैबाली जोगाउन किसानहरुले बारीमा कुकुरहरु बाँध्ने गरे पनि भालु आउन नछाडेको उनको भनाइ छ। सिस्ने हिमालको फेदमा रहेको ठूलो जंगलमा स्थायी रुपले बस्दै आएका भालुहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको वडाध्यक्ष बुढाले बताए ।
मान्छेहरुलाई समेत आक्रमण गर्ने भएकोले भालु धपाउन समस्या भएको किसानहरुको गुनासो रहेको छ । यसैबीच मुसिकोट नगरपालिका–२ राउखेतका चारजना किसानले लगाएको मकैबालीमा बाँदरले क्षति र्पुयाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ७ : ३० बजे