३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

दाङमा एक युवकको शव फेला



दाङ ।
घोराही उपमहानगरपालिका–१८ स्थित खोंचमा एक युवकको शव फेला परेको छ। घोरदौरा चिउरी डाँडोको भीरदेखि करिब १०० मिटर तल खोंचमा करिब २२-२३ वर्षका एक युवाको शव मंगलबार बेलुका ६ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको शरीरमा कालो ज्याकेट, कालो ट्रयाक, हातमा कालो घडी र खुट्टामा कालो सेतो रंगको एडिडास कम्पनीको जुत्ता रहेको प्रहरीले बताएको छ। शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७६ बुधबार ००:००  ४ : ५३ बजे