बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको वाणगंगा ९ भलवाडमा रहेको दुर्गा भवानी मन्दिरमा सराय नाच सम्पन्न भएको छ । हिन्दु धार्मिक, परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि सराय नाच सुरु गरीएको समाजसेवी रोम बहादुर खत्रीले बताए । सराय नाचमा नौमति बाजामा युवायुवती, बृद्धबृद्धा, समाजसेवी सवैले हातमा खुडा, खुकुरी, तरवार लिई एक अर्कामा भाईचाराको सम्वन्ध होस भनि नाच्दै दुर्गा भवानी मन्दिर परिसर वरीपरी र भलवाड गाउँको पुरै परिक्रमा गरी पुनःदुर्गा मन्दिरमा पुगेको थियो ।
पूजा घरमा राखिएको फूलपाति विसर्जनका लागि बाजागाजा सहितका टोली नजिकैको स्थानिय धिरीखोलामा धार्मिक विधि अनुसार विसर्जन गरीएको छ । वर्षमा एकचोटी धर्ती छोड्नु पर्छ भन्ने पौराणिक भनाई बमोजीम दुर्गा भवानी मन्दिर समितिले सधैका वर्ष जस्तै यस वर्ष पनि लिङ्गे पिङ्गको व्यवस्था मिलाइएको समितीका अध्यक्ष मधु रानाले वताएका छन् ।
२४ आश्विन २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया