२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

नवलपरासीमा जिप दुर्घटना, एकजनाको मृत्यु, चार घाइते



नवलपरासी ।

बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ का २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । दुर्घटनामा परी देवचुली–१० का २७ वर्षीय आशीष खनाल, १९ वर्षीय सूचना पाण्डे, देवचुली–१ का ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रल घाइते भएका छन् ।

उनीहरुको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दीखोलाको उकालोमा जिपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जिपमा करिब १७ जना सवार रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ९ : ४४ बजे