७ असार २०८३, आइतबार | Mon Jun 22 2026

गैँडाकोटबाट १० जुवाडे पक्राउ



नवलपरासी ।
गैँडाकोट नगरपालिकामा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । गैँडाकोट –१०, भैँसाखोरीमा रहेको राजकुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अर्जुन रानाभाटले बताउनुभयो । पक्राउ पर्नेमा गैंडाकोटका ४० वर्षीय इन्द्र राना , २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महत्तो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भिम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी, २५ वर्षीय अनिल सुनार र ३३ वर्षीय राजकुमार सुनार रहेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो । जुवाको खालबाट प्रहरीले ७१ हजार ५०२ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध मुद्धा दायर गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  १० : ३६ बजे