७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रदेश ५ का मठ मन्दिरमा भिक्षा माग्न निषेध गरिनेः मन्त्री बराल



बुटवल ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् ।
मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए ।
‘माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको छ,’ बरालले भने, ‘यसको अन्त्यको लागि प्रदेश सरकारले नीति बनाएरै भिक्षा माग्न निषेध गर्छ ।’
काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याइने तर अब मागेर खान नपाइने उनले बताए । मन्त्री बरालले काम गर्न सक्नेलाई सरकारले काम दिने दाबी गरे । माग्न बाध्य भएका मानिसको सरकारले जिम्मेवारी लिने मन्त्री बरालले बताए । ‘मागेर खानु पर्ने बाध्यताको सरकारले अन्त्य गरेर छाड्छ’–मन्त्री बरालको दावी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  १ : २० बजे