१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

करेन्ट लागेर गुल्मीमा एकको मृत्यु



गुल्मी ।
गुल्मीमा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका ६ गौरिखुट्टा बस्ने ४६ वर्षीया तुलसादेवी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन घलेले जानकारी दिए। बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  ४ : ३९ बजे