गुल्मी ।
गुल्मीमा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका ६ गौरिखुट्टा बस्ने ४६ वर्षीया तुलसादेवी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन घलेले जानकारी दिए। बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
२७ आश्विन २०७६ सोमबार ००:००
0
Shares






प्रतिक्रिया