१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नमुना सामुदायिक बनको १० औं वार्षिक साधारण सभा



बाबुराम रायमाझी, जितपुर ।
‘रुख रोपौं, वन जोगाऔं’ भन्ने नाराका साथ बाणगंगा ९ मा अवस्थित नमूना सामुदायिक वन चौवाह टोलको १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारण सभामा समुहका सचिव दुर्गा न्यौपानेले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष खेलराज पौडेलले आर्थिक वर्ष २०७५/०७६को कुल २१ लाख ९५ हजार बराबरको आय—व्याय सार्वजनकीकरण गर्नु भएको थियो ।
साथै समूहका अध्यक्ष हुमलाल पौडेलले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि नमूना सामुदायिक वनको निति तथा कार्यक्रम प्रस्तुत गर्दै ८३ लाख २९ हजार बराबरको अनुमानित आय—व्याय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा समितिले ८० वसन्त पार गरेका ११ जना जेष्ठ नागरीक, अपाङ्ग ६ जना, उत्कष्ट कृषि फर्ममा कपिलगंगा च्याऊ फर्मका व्यवसायी गोपाल वस्नेत, पशुपालनमा उत्कृष्ट ओम पशु फर्मका रमेश आचार्य, कशिका पशु फर्मका रमेश वस्नेतलाई कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथीबाट नगदबाट सम्मानित गरीएको थियो ।
साधारण सभामा वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्वासे, सब डिभिजन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत यम प्रसाद गैरे, अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी, कोइलीचौर सामुदायिक वनका अध्यक्ष हरिराज घिमिरे, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, मायादेवीकर्मी बाबुराम रायमाझी लगायतले बोल्नुभएको थियो ।
समुहका अध्यक्ष हुमलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समुहकी सदस्य गीता सुनारको स्वागत र केशव पाण्डेको सञ्चालन रहेको थियो । यस सामुदायिक वनमा ३ सय ९६ वन उपभोक्ता रहेको र सामुदायिक वन २ शय २८ दशमलव ३३ हेक्टर क्षेत्रफलमा रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ८ : ५५ बजे