२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

बेहुलाबेहुली र पण्डितसहित सात जना मण्डपबाटै पक्राउ



दाङ ।
सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनीहरुका आमाबुबा र पण्डितलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।
आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्थानीय सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागि विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर हिरासतमा राखेको छ ।
बालविवाहको कार्यमा संलग्नको नाम गोप्य राखिएको छ । दुलहा र दुलही एउटै विद्यालयमा अध्ययनरत थिए र उनीहरुले प्रेम विवाह गरिएको बुझिएको छ ।
तर, कानुनमा बालविवाह गर्ने गराउनेलाइ न्यूनतम डेढ वर्ष देखि तीन वर्ष कैद र १५ हजार देखि ३० हजार सम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ७ : ०९ बजे