२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

डाक्टरले हतारमा औषधि लेखिदिदा मृगौला र मुटु रोगका बिरामि बढेः मन्त्री बराल



बुटवल ।

प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले डाक्टरहरुले हतारमा औषधि लेखिदिदा सावधानी नअपनाएका कारण मृगौला र मुटु रोगका बिरामिहरु बढेको बताउनुभएको छ ।

औषधि व्यवस्था बिभागद्धारा बुधबार बुटवलमा आयोजित प्रदेश स्तरीय एक कार्यशालामा बोल्दै मन्त्री बरालले जथाभाबि औषधिको प्रयोगले पार्ने असर कम गर्न डाक्टर तथा उपभोक्ता समेत सचेत हुनु पर्ने आवस्यकता औल्याउनुभयो ।

उहाले त्यसको उदाहरण आयुर्वेद बिभाग भएको टिप्पणि गर्नुभयो । एक प्रसङ्गमा उहाले व्यवसायीक संस्थाहरुको एकाधिकार तोड्न राज्यले आफै उद्योग सञ्चालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । सरकारी लगानिमा सञ्चालीत डिडिसी दुध उद्योगको उदाहरण दिदै उहाले – ‘डि डि सी दुध उद्योग नभएको भए आजको मुल्यमा दुध पाउन नकिने दाबी गर्नुभयो । राज्यसँग आफ्ना बसहरु नभएका कारण सरकारले यातायात क्षेत्रको सिण्डीकेट तोड्न नसकेको स्वीकार गर्नुभयोे ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ७ : २१ बजे