२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

भगिनी सम्बन्ध पछि वाणगंगालाई के फाइदा ? गुणनिधी भुसालसंग कुराकानी (भिडियो)



मायादेवी अनलाइन, वाणगंगा ।
लामो प्रयास पछि कपिलवस्तुको वाणगंगाले चिनको एक नगर जनसरकारसंग भगिनी सम्बन्ध बनाउने भएको छ । चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारसंग वाणगंगाले भगिनी सम्बन्ध राख्न लागेको हो । त्यसको औपचारकि हस्ताक्षर आइतबार हुँदै छ । शनिबार साँझ छिचौ नगर जनसरकारका उप मेयर फु चिन क्वाङ्गसहितको ५ सदस्यिय प्रतिनिधिमण्डलको टोली वाणगंगा आइपुगेको छ ।
भगिनी सम्बन्ध पछि वाणगंगालाई विभिन्न क्षेत्रमा सहयोग हुने वाणगंगा नगरपालिकाका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसालले बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग आइतबार कुराकानी गर्दै भुसालले छिचौँसंग आर्थिक, समाजिक तथा सांस्कृती रुपमा सम्बन्ध कायम हुने धारणा राख्नुभयो । चिनको समृद्ध प्रान्तमा पर्ने आन्हुईको छिचौं नगर जनसरकार नेपाल जत्तिकै ठूलो रहेको भन्दै त्यहाँको विकास विश्वकै उदाहरण भएको उहाँले बताउनुभयो । त्यहाँबाट वाणगंगालाई फाइदा पुग्ने बताउनुभयो । त्यसका लागि वाणगंगाले निरन्तर रुपमा पहल गर्दै जानुपर्नेमा उहाँको जोड छ । थप हेर्नुहोस भिडियो

 

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ७ : ३४ बजे