८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रदेश ५ सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा बाँस्कोटा नियुक्त



काठमाडौं ।
प्रदेश ५ को सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन्। प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई आगामी ५ वर्षका लागि नियुक्त गरेको हो। बाँस्कोटा यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक थिए। बाँस्कोटाको कार्यकालमा राष्ट्रिय परिचयपत्र, सवारी अनुमति पत्र, राष्ट्रिय डाटासेन्टर, बिपद व्यवस्थापन केन्द्र, सरकारी नेटवर्क तथा विद्युतीय मानक जस्ता कार्यक्रम अघि सारिएको थियो। त्यस्तै, एसियाली विकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत सन्चालन भएको सूचना प्रविधि विकास पारियोजनाको कार्यक्रम निर्देशक भई उनले विद्युतीय सरकार गुरुयोजनाको कार्यान्वयन गरेका थिए। काठमाडौं विश्व विद्यालयको प्राध्यापकको रुपमा रही कम्प्युटर इन्जिनियरिङ शिक्षा पढाएका उनले मन्त्रालय तथा अन्तर्राष्ट्रिय विकास साझेदारमा प्रविधि विज्ञको रुपमा काम गरेका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  ६ : ४८ बजे