१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

नगरपालिकाले बनाउने भवन सबैको हो, कसैको स्वार्थ जोडिएको छैन्ः मेयर अधिकारी



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाले बनाउन लागेको भवन सबैको साझा भएको बताउनुभएको छ । नगरपालिका अहिले भाडाको घरबाट सञ्चालन भैरहेको बताउँदै अब आफ्नै भवनबाट नगरबासीलाई सेवा दिनुपर्छ भनेर भवन बनाउन थालिएको बताउनुभयो ।

कतिपय साथीले भवन बनाउने काम रोक्न माग गर्दै जिल्ला अदालतमा मुद्धा हालेको र अदालतले काम रोक्न भनेको बताउँदै त्यस निर्णय प्रति विमती राख्दै नगरपालिका उच्च उदालत बुटवल तुलसीपुर गएको प्रष्ट पार्नुभयो । हालै उच्च अदालतले काम अगाडी बढाउन भनेको बताउनुभयो ।
रेडियो मायादेवीको दैनिक प्रस्तुती जनप्रतिनिधिसंग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकाको भवन सबैको पायक पर्ने स्थानमा भएको उहाँले बताउनुभयो ।

सुरक्षा संवेदनशीलताको हिसाबले पनि अहिले बन्न लागेको स्थान उपयुक्त रहेको जिकिर गर्नुभयो । अहिले बन्न लागेको स्थानमा स्थानीयबासीको साथ हुँदा हुँदै कतिपय साथीहरु यसको विरोधमा उत्रिएको भन्दै दुखेसो पोख्नुभयो ।

बाँकी अन्तर्वार्ता सुन्नुहोसः

कार्यक्रम जनप्रतिनिधिशिवराज नगरपालिकाको नयाँ भवन बनाउने बाटो खुलेपछिको अवस्था के छ ? वडा नं. १० को उप निर्वाचनको चहलपहल कस्तो छ ? नगर प्रमुख नेत्रराज अधिकारीसंगको विशेष कुराकानी ।

Posted by mayadevionline.com on Saturday, November 9, 2019

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  ९ : ३१ बजे