१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँची बस दुर्घटनाको छानविन गर्न समिति गठन



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको नरपानीमा गएको बुधबार भएको बस दुर्घटनाको बारेमा छानबिन गर्न समिति गठन गरिएको छ । बस दुर्घटनामा १९ जनाको ज्यान गएको थियो भने १० जना भन्दा बढी घाइते भएका थिए । गठन गरिएको समितिले १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नरपानीमा बुधबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रा. लि. र देउराली यातायात प्रालीका एक÷एक जना सदस्य रहने छन् । सदस्यमा सन्धिखर्क नगरपालिका ६ का वडाध्यक्ष र पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि रहने छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ४६ बजे