३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

रोल्पाको थबाङमा नेकपाको जित, कांग्रेसको २६ मत



रोल्पा । 

थबाङमा गाउँपालिका-१ को उपनिर्वाचन मतगणना सम्पन्न भएको छ । सत्तारुढदल नेकपाका उम्मेदवार जनक बहादुर बुढा मगरले १७४ मत प्राप्तगरि बिजयी भएका छन् । बुढा मगरले कांग्रेसका उम्मेदवार कलम बहादुर रोका मगरलाई १४८ मतले पराजित गरेका हुन् ।

कांग्रेसका उम्मेदवार रोका मगरले जम्मा २६ मत प्राप्त गरेका छन् । सबै २०९ मत मध्ये ९ वटा भोट बदर भएको थबाङ गाउँपालिका प्रेस सल्लाहकार बिमल डाँगीले बताए ।

१ हजार २ सय ७४ मतदाता रहेको वडामा २ सय ९ मात्र मत खसेको थियो । जसमध्य १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिएका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। बिहानैदेखि मतदान स्थलमा मतदाताको न्यून सहभागीता थियो ।

विप्लब समर्थकले मतदान वरिपरि आएर चियो गरे पनि मतदान भने गरेनन । विप्लव नेकपा नेता अमित घर्तिमगरकी दिदी मतदानस्थलमा आएर रुँदै पक्राउ परेका भाइ लगायत थबाङी विप्लव नेकपाका नेता र कार्यकर्तालाई सरकारले छाड्नु पर्ने माग राखेकी थिइन् । उनको रुवाईले मतदान स्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो ।

नेकपाका नेता अमित स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए । यद्यपि उनी पराजित भएका थिए । उनी एक महिनाअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : ०४ बजे