२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पूर्वराजा भैरहवामा, शुक्रबार कपिलवस्तु आउने



भैरहवा ।

देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साताव्यापी कार्यक्रमका लागि भैरहवा आईपुगेका छन् । उनलाई भैरहवा विमानस्थलमा स्थानीय तथा शुभेच्छुकहरुले स्वागत गरेका छन् । उनी टाइगर प्यालेस रिसोर्टमा बसेका छन् ।

पूर्वराजा शाहका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार एक साता लामो यसपटकको पश्चिम यात्रामा बुटवल, मर्चवार, पाल्पा, गोरुसिंगे, नवलपरासीलगायत भ्रमणको कार्यक्रम छ ।

त्यस क्षेत्रका जनतासँग भेटघाटसँगै  प्रायः हरेक क्षेत्रमा देवीदेवता तथा मन्दिर दर्शनको कार्यक्रम रहेको पनि पाठकले बताए ।

पूर्व राजा शाहले सोमबार बुटवलमा शिवमन्दिर, पर्सी मर्चवारमा भगवती मन्दिरको दर्शन गर्नु हुने छ भने मंसिर २० गते शुक्रबार कपिलवस्तुको गोरुसिंगस्थित पशुपति मन्दिरको दर्शन गर्नु हुने जनाइएको छ ।

यस्तै उहाले शनिबार नवलपरासीमा भगवती मन्दिरमा दर्शन र गरेर २२ गते आइतबार राजधानी फर्कने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६ सोमबार ००:००  ६ : ३१ बजे