७ असार २०८३, आइतबार | Sun Jun 21 2026

७ हजार घुस सहित तुलसीपुरका प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा



दाङ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब (सई) निरीक्षक हेमन्त केसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हेमन्त केसीलाई ७ हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए। सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केसमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै सई केसीले ७ हजार रुपैयाँ घुस लिएका थिए। उनले पीडितसँग २५ हजारदेखि मोलमोलाई सुरु गरेका थिए। पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ। प्रहरी नायब निरीक्षक केसी इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत थिए।

प्रकाशित मिति : २२ मंसिर २०७६ आइतबार ००:००  ७ : ०८ बजे