१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

६ हजार घुससहित सशस्त्रका इन्स्पेक्टर र सहायक हवल्दार पक्राउ



भैरहवा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले घुससहित सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । घरायसी साम्रगी ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्स्पेक्टर तेज बहादुर जोरा र सहायक हल्वादर विरेन्द्रप्रसाद चौधरीले ६ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
उनीहरुलाई गैडहवा गाउँपालिका ३ सगरहवाबाट नियन्त्रणमा लिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १० पुस २०७६ बिहिबार ००:००  ३ : ३७ बजे