मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा अवस्थित श्रङ्गीघाट सामुदायिक बन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई दाउरा वितरण गरेको छ । पुस लागेसंगै बढेको चिसोलाई मध्यनजर गर्दै श्रङ्गीघाटले आफ्नो कार्यक्षेत्र भित्रका उपभोक्ताहरुलाई दाउरा वितरण गरेको हो ।
सामुदायिक बनकी अध्यक्ष रेनु सेनले विगत पाँच दिनदेखि आफुहरुले ठाउँ ठाउँमा दाउरा वितरण गर्दै आएको बताउनुभएको छ । अहिले बढेको बाक्लो हुस्सुसहितको शितलहरले जनजीवन प्रभावित बनाईरहेका बेला केही राहत होस भनेर सामुदायिक बनले दाउरा वितरण गरेको अध्यक्ष सेनले मायादेवीलाई जानकारी दिनुभयो । बनले आफ्नो कार्यक्षेत्रमा पर्ने चारनम्बर, होराइजन चोक, डुगंहवा, झुँगा, ठाकुरापुर, गजहेडा, झण्डा, बुङ्ची, दरखास्त चोक, जीतपुर लगायतका चोक चोकमा दाउरा बाडिररहेको उहाँले बताउनुभयो । दाउरा १४ ओटै मौजाका संयोजकको रोहवरमा वितरण गरिएको उहाँको भनाई छ ।
सामुदायिक बनले दाउरा बाडेपछि चिसोले कठ्याङ्ग्रीएकाहरुलाई केही भएपनि राहत मिलेको छ । यस क्षेत्रको सबैभन्दा ठूलो सामुदायिक बनको रुपमा रहेको श्रङ्गीघाटका २५ सय उपभोक्ता रहेका छन । वाणगंगाका वडा नं. १, वडा नं. ४, वडा नं. ३ र वडा नं. ५ यो बनका उपाभोक्ता रहेका छन ।
यता चिसो बढ्दै गएपछि कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । हिजोको तुलनामा आज अत्याधिक चिसो महसुश गरिएको छ । दिनभर शितलहरसंगै शिरशिरे हावा चलेको थियो ।
१० पुस २०७६ बिहिबार ००:००
2
Shares






प्रतिक्रिया