४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

पाठ्यक्रम तयार गर्ने कार्यविधि प्रदेश ५ सरकारद्धारा स्वीकृत, सागमा स्वर्ण जित्नेलाई एक लाख



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ सरकारले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ। प्रदेश ५ को आज बसेको मन्त्रीपरिषद् वैठकले मन्त्रालयले अध्ययन गरेर प्रदेश स्तरीय पाठ्यक्रम निर्माण गर्ने लगायतका निर्णय गरेको हो । बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्य्विधि स्वीकृत गरिएको मन्त्री लिला गिरीले बताउनु भयो । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।
यस्तै वैठकले १३ औं दक्षिण एशियाली खेलकुद (साग)का विजेतालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री  गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ६ : ४५ बजे