२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

गुल्मीमा भेटियो नवजात शिशुको शव



गुल्मी । 

गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । रुरु क्षेत्र गाउँपालिका १ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिनुभयो ।

भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ७ : ३७ बजे