३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

घोराहीमा हुने माघ महोत्सवको उद्घाटन प्रदेश मन्त्री चौधरीले गर्ने



दाङ ।
यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गनुहुने भएको छ।
माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।
यसैगरि महोत्सवमा प्रतिनीधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्यहरु लगायत जनप्रतिनीधि तथा विभिन्न दलका प्रमुख तथा प्रतिनीधि, उद्योग व्यापारीहरुको विशेष सहभागिता रहेने आयोजक संस्थाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ७ : ०९ बजे