८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुकुममा जीप दुर्घटना, तीन जना गम्भीर



रुकुमपश्चिम ।
रुकुम पश्चिममा बुधबार बिहान जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । त्रिवेणीबाट रुकुमको गोतामकोट जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जीप बिहान १० बजेतिर रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको मनका बगरमा दुर्घटना भएको हो।
गम्भीर घाइते हुनेमा डोल्पा मुड्केचुला–७ का २३ वर्षीय राजबहादुर बुढा, १८ वर्षीय आर्यन बुढा र ठूलीभेरी नगरपालिका–५ का ५२ वर्षीय का चन्द्रबहादुर रोकाया रहेका छन् ।
त्यसैगरी, ठूलीभेरी नगरपालिका–६ की १६ वर्षीया रामकुमारी बुढा, ६८ वर्षीय हस्तबहादुर खत्री, ६३ वर्षीय आइते रोकाया, जगदुल्ला–४ का ४६ वर्षीय हरिबहादुर कामी, ४१ वर्षीय विश्व विक, ३८ वर्षीया रेउली विक, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–६ २६ वर्षीय टोपबहादुर विक, २३ वर्षी जीवन विक र सुर्खेत गुर्भाकोट नगरपालिका–१३ का दीपेन्द्र बुढा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ३ : ४० बजे