२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

बहसमा वाणगंगा नदीः ‘ठेकेदारको मिलेमतो देखिए ठेक्का रद्ध गछौं’



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणि अर्यालले वाणगंगा नदीको ठेक्कामा ठेकेदारको मिलेमतो देखिए ठेक्का तोड्ने स्पष्ट पार्नुभएको छ । नगरलाई घाटा हुने गरी ठेक्का नदिने बताउँदै उहाँले बाहिर के के चर्चा हुन्छ त्यसको खण्डन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो । वाणगंगा नदीको ठेक्कामा ठेकेदारले मिलेमतो गरेर ठेक्का हालेको र यसमा जनप्रतिनिधि पनि मिल्न सक्ने आशंकाहरु आइरहेका छन् । ‘नदीमा ठेक्का होलेको पहिलो पक्षले ठेक्का नलिने भन्यो । हामी दोस्रोलाई दिने गरी प्रक्रियामा छौं । पहिलो र दोस्रोले हालेको ठेक्काको रकम त्यति बढी अन्तर देखिदैन्, सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै हामी प्रक्रियामा गएका हौं । तर, दोस्रोले पनि ठेक्का रद्ध गरेकोखण्डमा तेस्रोलाई दिने कुरै छैन, नगर उप–प्रमुख अर्यालले भन्नुभयो, नगरलाई राजश्व घाटा हुने गरी ठेक्का नदिने भनेर कार्यपालिका बैठकले स्पष्ट भनिसकेको छ त्यही अनुसार अगाडी बढ्छौं, बाहिर के के भन्छन त्यसका पछाडि नलाग्नु ।’ “तेस्रोलाई ठेक्का दिदा सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै हुन्छ । तर हामीले नगरलाई राजश्व घाटा गराएर ठेक्का दिदैनौं उहाँले प्रष्ट पार्नुभयो ।”
वाणगंगा नदीको नदीजन्य पदार्थको ठेक्कामा ठेकेदारको मिलेमतो भएको आशंका छ । पहिलो पक्षले ठेक्का नलिने बताएपछि नगरले दोस्रो पक्षसंग प्रक्रिया अगाडी बढाएको हो । सतहमा दोस्रो पक्षले पनि ठेक्का नलिने चर्चा चलिररहेको छ । दोस्रोले नलिए तेस्रो पक्षले ठेक्का स्वतः पाउने सार्वजनिक खरिद ऐन २०६३ ले स्पष्ट भनेको छ । तर, तेस्रो पक्षलाई ठेक्का दिदा करोड बढी घाटा हुने भएकोले तेस्रोलाई ठेक्का दिने अवस्था आए ठेक्का रद्ध गर्ने नगर उपप्रमुख अर्यालको भनाई छ । यही हप्ताभित्र दोस्रोका लागि ठेक्का खुलाउने गरी तयारी भैरहेको छ, उहाँले ‘मायादेवी’संग भन्नुभयो ।
नदीको ठेक्कासंग जोडेर जनप्रतिनिधिको चरित्र हत्या गर्ने काम भैरहेको भन्दै उहाँले आक्रोस पोख्नुभएको छ । ‘नदीको ठेक्कासंग जोडेर चरित्र हत्या गर्ने काम बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गर्छु । अनुमानको भरमा, होचुवाको भरमा चरित्र हत्या गर्ने काम बन्द गरौं, तथ्यसहित प्रमाण भेटाए म कहाँ ल्याउनु, म रातदिन नगरमै हुन्छ, फरार छैन, उहाँ झन आक्रमक ढंगले प्रस्तुत हुँदै भन्नुभयो,’–“नदीजन्य पदार्थको ठेक्कापट्टामा आफ्नो संलग्नता पुष्टि भए आजको मिति देखि कुर्ची छाड्छु ।” मेरो कार्यकालभरी जनताको विश्वास कत्ति पनि गुम्न दिने छैन ढुक्क हुनुस ।
बाँकी अन्तवार्ता सुन्नुहोस

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ७ : ४८ बजे