२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

राजधानी कानुनी प्रक्रिया अनुसार बन्छ, हो-हल्लाले होइनः विष्णु पन्थी (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेशको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सांसद विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी सहमतीकै आधारमा हुने जिकिर गर्नुभएको छ । स्थायी राजधानीका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको र त्यसले सम्भावनाका क्षेत्र तय गरेको भन्दै सहमतीकै आधारमा स्थायी राजधानी बन्ने जिकिर गर्नुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग आइतबार विहान कुराकानी गर्दै सांसद पन्थीले सहमतीको प्रयास विफल भएको अवस्थामा कानुनी प्रक्रियाबाट राजधानी तोकिने स्पष्ट पार्नुभयो । “म विशेष समितिको सदस्य हुँ । राजधानीबारे बाहिर फतफताउँदै हिड्न मिल्दैन उहाँले भन्नुभयो, सदनमा मात्र बोल्न मिल्छ, त्यस बेला के बोल्छु सुन्नुहोला ।” कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसदले राजधानीको विषयमा खुट्टा कमाइरहेको आरोप लागि रहेका बेला प्रदेश सांसद पन्थीले यस्तो बताउनुभएको हो ।
‘प्रदेशको स्थायी राजधानीका लागि सुझाव संकलन लिन जिल्ला–जिल्ला आउँदा अधिकांश जिल्लाका सरोकारवाला घरमै सुते । अहिले आरोप लगाउनेहरुले के के भन्छन् त्यो जान्दिन । विष्णु पन्थीको धारणा के हो दुनियाँले बुझेको छ, मैले भन्नु केही छैन्, उहाँले भन्नुभयो ।’ राजधानीबारे क्षेत्रगत र व्यवसायिक चाहना व्यक्त भैरहे पनि सबैको चित्त बुझाउने गरी राजधानी तय हुने उहाँले स्पष्ट पार्नुभयो । प्रदेशबासीलाई यस विषयमा धैर्य रहन उहाँको आग्रह छ ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

प्रदेश सभा सदस्य विष्णु पन्थीसंग रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जमा लिइएको अन्तर्वार्ता

प्रकाशित मिति : ५ माघ २०७६ आइतबार ००:००  ८ : ०५ बजे