२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

प्रदेशको स्थायी राजधानी कहाँ हुन्छ अहिले बोल्न मिल्दैनः भुमिश्वर ढकाल



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेशको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेशको स्थायी राजधानीको विषयमा अहिले यहि हुन्छ भनेर बोल्न नमिल्ने बताउनुभएको छ । स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाबाट गठित विशेष समितिले आफ्नो प्रतिवेदन तयार पारेको भन्दै जबसम्म उक्त प्रतिवेदन प्रदेशसभामा पेश हुन्न तबसम्म यो विषयमा बोल्न नमिल्ने जिकिर गर्नुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग सोमबार विहान कुराकानी गर्दै उहाँले प्रदेशका बहुसंख्यक नागरिकको प्रतिनिधित्व हुने गरी प्रदेशको स्थायी राजधानी बनाउने दाबी गर्नुभयो ।
‘प्रदेशका सिंगो नागरिकको प्रतिनिधित्व गर्ने गरी स्थायी राजधानी तोकिन्छ यसमा शंका मान्नु पर्ने कारण छैन्, ढकालले भन्नुभयो, अहिले यहाँ हुन्छ, यहाँ हुन्न भनेर बोल्न मिल्दैन् ।’ प्रदेश सभाबाट गठित विशेष समितिले निकै मेहनतका साथ आफ्नो प्रतिवेदन तयार पारेको छ । यसको मर्मलाई बुझेर सबै दलबीच एकता कायम गरी सहमतीकै आधारमा प्रदेशले राजधानी तोक्छ । नेकपाको बहुमत रहेको प्रदेश सभामा दलिय एकताका लागि निरन्तर लागि पर्ने उहाँको भनाई छ ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

(नेकपा) का प्रमुख सचेतक भुमिश्वर ढकालसंग रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जमा लिइएको अन्तर्वार्ता

प्रकाशित मिति : ६ माघ २०७६ सोमबार ००:००  ९ : ०९ बजे